२०२३ मा फ्लप बने यी सुपरस्टार
नयाँ दिल्ली । फिल्म उद्योग यस्तो क्षेत्र हो जहाँ सधैँ सुपरहिट रहिरहन जो कोहीलाई गाह्रै हुन्छ । कुनै बेला केही स्टार्सको नाम नै फिल्म चलाउन काफी हुन्छ ।
कहिले ती नामको जादु चल्दै चल्दैन । यो वर्ष फ्लप रहेका केही सुपरस्टार्सहरुको कुरा गरौँ ।
यो वर्ष अजय देवगनको बहुप्रतिक्षित फिल्म भोला थियटरमा आएको थियो । तर यो फिल्मले हलसम्म दर्शकहरुलाई तान्न सकेन । फिल्म फ्लप भयो । आदिपुरुषमा दक्षिण भारतीय सुपरस्टार प्रभास भगवान् रामको भूमिकामा थिए । तर यो फिल्म यति धेरै विवादमा तानियो । फिल्म नराम्ररी फ्लप पनि बन्यो यसले प्रभासको करियरको ग्राफ नै ओरालो लगाइदियो ।
परिणीति चोपडाको फिल्म मिशन रानीगञ्जले पनि दर्शकहरुलाई हलसम्म तान्न सकेन । टाइगर श्रफको गाणपत बक्स अफिसमा नराम्ररी फेल भयो । अक्षय कुमारको मिशन रानीगंज र सेल्फी दुबै फिल्म फ्लप रहे । यो वर्ष अक्षय कुमारले खासै जादु देखाउन सकेनन् । कंगना रनौतको तेजसले एक पटक फेरि उनलाई फ्लपको लिष्टमा समावेश गरिदियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण