मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सार्वजनिक लेखा समिति बैठक

साढे ६ अर्बमा सरकारले नै एनसेलको शेयर खरिद गर्न योगेश भट्टराईको सुझाव

बुधबार, २० मङ्सिर २०८०, १६ : ३५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले साढे ६ अर्बमा सरकारले नै एनसेलको शेयर खरिद गर्न सुझाव दिएका छन् । बुधवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सो सुझाव दिएका हुन् ।

भट्टराईले एनसेलको ८० प्रतिशत शेयर ६ अर्बमा बिक्री भएको कुरा शङ्कास्पद रहेको बताउँदै यदि कम्पनी टाट पल्टिएको हो भने बिक्री भएको भनिएको मूल्यमा ५० करोड थपेर सरकारले खरिद गर्नुपर्ने बताए । उनले एनसेल कम्पनीका लागि नेपालका बैंकले ४० अरब भन्दा बढी लगानी गरेको बताउँदै सो कम्पनीले यसरी शेयर बेच्दै आफू घाटामा भएको, डुबेको घोषणा गरे नेपालको बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता डुब्ने बताए । 

उनले भने, ‘यदि कम्पनी टाट पल्टेको छ भने ६ अर्ब हैन त्यसमा ५० करोड थपेर सरकारले नै किनौँ । त्यसलाई नेपाल टेलिकम मोडलमा सञ्चालन गरौँ । हाम्रा कानुन प्रस्ट छैनन् भने कानुन प्रस्ट बनाऔँ ।’

सांसद भट्टराईले भारतको भोडाफोनको विवादमा कानुन नभएकोले सरकारले पश्चदर्शी कानुन बनाएर लिनुपर्ने सबै रकम लिएको बताए । 

उनले अर्को निर्णय नभएसम्मका लागि एनसेलको शेयर बिक्री रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए । यस्तै अहिले संसद् नभएकोले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप