साढे ६ अर्बमा सरकारले नै एनसेलको शेयर खरिद गर्न योगेश भट्टराईको सुझाव
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले साढे ६ अर्बमा सरकारले नै एनसेलको शेयर खरिद गर्न सुझाव दिएका छन् । बुधवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सो सुझाव दिएका हुन् ।
भट्टराईले एनसेलको ८० प्रतिशत शेयर ६ अर्बमा बिक्री भएको कुरा शङ्कास्पद रहेको बताउँदै यदि कम्पनी टाट पल्टिएको हो भने बिक्री भएको भनिएको मूल्यमा ५० करोड थपेर सरकारले खरिद गर्नुपर्ने बताए । उनले एनसेल कम्पनीका लागि नेपालका बैंकले ४० अरब भन्दा बढी लगानी गरेको बताउँदै सो कम्पनीले यसरी शेयर बेच्दै आफू घाटामा भएको, डुबेको घोषणा गरे नेपालको बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता डुब्ने बताए ।
उनले भने, ‘यदि कम्पनी टाट पल्टेको छ भने ६ अर्ब हैन त्यसमा ५० करोड थपेर सरकारले नै किनौँ । त्यसलाई नेपाल टेलिकम मोडलमा सञ्चालन गरौँ । हाम्रा कानुन प्रस्ट छैनन् भने कानुन प्रस्ट बनाऔँ ।’
सांसद भट्टराईले भारतको भोडाफोनको विवादमा कानुन नभएकोले सरकारले पश्चदर्शी कानुन बनाएर लिनुपर्ने सबै रकम लिएको बताए ।
उनले अर्को निर्णय नभएसम्मका लागि एनसेलको शेयर बिक्री रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए । यस्तै अहिले संसद् नभएकोले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण