नक्कली भारतीय आधार कार्ड देखाएर नेपालीहरु क्यासिनो प्रवेश गर्ने गरेको खुलासा
काठमाडौँ । नक्कली भारतीय आधार कार्ड देखाएर नेपालीहरु क्यासिनो प्रवेश गर्ने गरेको खुलासा भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली आधार कार्ड बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेसँगै यसबारे खुलासा भएको हो ।
पक्राउ पर्नेमा दोलखाका गोविन्द खड्का, ओखलढुंगाका नविन राई र रुपन्देहीका बिनोद न्यौपाने रहेका छन् ।
‘काठमाडौँ उपत्यकाभित्र भएका क्यासिनोहरुमा हुने विभिन्न क्रियाकलापहरु माथि सुक्ष्म रुपमा निगरानी गर्दा जिल्ला दोलखा मेलुङ गापा वडा नम्बर ३ घर भई हाल का.जि. बूढानीलकण्ठ बस्ने गोबिन्द खड्काले उपत्यका भित्र भएका क्यासिनो प्रवेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकोले यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८०।०८।१९ गते गोबिन्द खड्का लगायत ३ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको छ’, कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण