बारामा एक्कासी चिसो बढ्यो, सिमरा विमानस्थलबाट हुने अधिकांश उडान अवरुद्ध
बारा । बिहीबार बिहानदेखि बारा र आसपासको क्षेत्रमा एक्कासी चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमराका अनुसार बुधबारको तुलनामा बिहीबार अधिकतम् तापक्रममा एक्कासी गिरावट आएको हो ।
बिहीबार दिनभर हुस्सु, कुहिरोले मौसम प्रतिकूल हुँदा सिमरा विमानस्थलबाट हुने अधिकांश हवाई उडानसमेत अवरुद्ध भएको थियो ।
‘२४ घण्टाको तापक्रम मापन गर्दा आज (बिहीबार) न्यूनतम् तापक्रम १३ देखि १४ को आसपासमा झरिसकेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । जबकि हिजोसम्म अधिकतम तापक्रम २७ डिग्री थियो,’ सिमरा विमानस्थल मौसम शाखाका प्राविधिक लक्ष्मण प्रसाद कँडेलले भने ।
शुक्रबार मौसममा केही सुधार आउने सिमरा विमानस्थल मौसम शाखाले जनाएको छ । गत वर्ष सिमरा आसपासको तापक्रम न्यूनतम २ डिग्रीसम्म पुगेको थियो ।
बिहान एकछिन मौसम खुले पनि दिनभर हुस्सु लागेका कारण सिमरा विमानस्थलबाट हुने उडान अवरुद्ध भएको बुद्ध एयर सिमरा शाखा प्रमुख सुरेश रेग्मीले जनाए ।
सामान्यतया सिमराबाट काठमाडौँ हवाइ उडानका लागि २ हजार ४ सय भिजिबिलिटी (पारदर्शिता) आवश्यक पर्दछ । तर आज दिनभर सिमरा विमानस्थलको भिजिबिलिटी अधिकतम् १ हजार ५ सयमात्रै थियो ।
सिमरा विमानस्थलबाट बुद्ध, यती, श्री एयरलाइन्स कम्पनीले ठुला–साना जहाज गरेर एक दर्जन उडान भर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण