बारामा एक्कासी चिसो बढ्यो, सिमरा विमानस्थलबाट हुने अधिकांश उडान अवरुद्ध
बारा । बिहीबार बिहानदेखि बारा र आसपासको क्षेत्रमा एक्कासी चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमराका अनुसार बुधबारको तुलनामा बिहीबार अधिकतम् तापक्रममा एक्कासी गिरावट आएको हो ।
बिहीबार दिनभर हुस्सु, कुहिरोले मौसम प्रतिकूल हुँदा सिमरा विमानस्थलबाट हुने अधिकांश हवाई उडानसमेत अवरुद्ध भएको थियो ।
‘२४ घण्टाको तापक्रम मापन गर्दा आज (बिहीबार) न्यूनतम् तापक्रम १३ देखि १४ को आसपासमा झरिसकेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । जबकि हिजोसम्म अधिकतम तापक्रम २७ डिग्री थियो,’ सिमरा विमानस्थल मौसम शाखाका प्राविधिक लक्ष्मण प्रसाद कँडेलले भने ।
शुक्रबार मौसममा केही सुधार आउने सिमरा विमानस्थल मौसम शाखाले जनाएको छ । गत वर्ष सिमरा आसपासको तापक्रम न्यूनतम २ डिग्रीसम्म पुगेको थियो ।
बिहान एकछिन मौसम खुले पनि दिनभर हुस्सु लागेका कारण सिमरा विमानस्थलबाट हुने उडान अवरुद्ध भएको बुद्ध एयर सिमरा शाखा प्रमुख सुरेश रेग्मीले जनाए ।
सामान्यतया सिमराबाट काठमाडौँ हवाइ उडानका लागि २ हजार ४ सय भिजिबिलिटी (पारदर्शिता) आवश्यक पर्दछ । तर आज दिनभर सिमरा विमानस्थलको भिजिबिलिटी अधिकतम् १ हजार ५ सयमात्रै थियो ।
सिमरा विमानस्थलबाट बुद्ध, यती, श्री एयरलाइन्स कम्पनीले ठुला–साना जहाज गरेर एक दर्जन उडान भर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन
-
त्रिशङ्कु संसदमा सत्ता सङ्घर्ष : साना दल शक्तिशाली, ठुला दल निरीह
-
गर्मीमा यसरी गर्नुस् कपालको हेरचाह
-
खडेरीले बाराकाे दक्षिणी भागमा रोपाइँ भएन
-
इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली लण्डनमा
-
'जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्याउँछ'