जाजरकोट भूकम्प : अस्थायी आवास निर्माणका लागि दश हजार लाभग्राही यकिन
त्रिवेणी । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ । भूकम्प गएको एक महिनापछि सार्वजनिक विवरणअनुसार नगरपालिकाका १४ वटै वडामा नौ हजार नौ सय ६२ घरपरिवार पहिचान भएको सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।
शाहका अनुसार अब सोही आधारमा भूकम्पप्रभावितले अस्थायी आवास निर्माणका लागि रकम प्राप्त गर्नेछन् । यसअघि नगरपालिकाका भूकम्प प्रभावित चार हजार पाँच सयले अस्थायी आवास निर्माणका लागि रु २५ हजारका दरले रु ११ करोड २५ लाख प्राप्त गरिसकेका थिए । शाहका अनुसार अब बाँकी पाँच हजार चार सय ६२ ले पहिलो किस्ता वापतको रकम प्राप्त गर्नेछन् ।
नगरपालिकामा हालसम्म निर्माण भएका अस्थायी आवासको तथ्याङ्क सङ्कलन भइनसकेको उनले बताए । “विभिन्न राजनीतिक दलले स्वयंसेवाका रूपमा अस्थायी आवास निर्माण गरिरहनुभएको छ । केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नुभएको छ । यसको यकिन वितरण नगरपालिकामा आएको छैन । विवरण सङ्कलन गरेर एक दुई दिनभित्र सबै वडा कार्यालयलाई पठाउन भनेका छौँ”, उनले भने ।
केही भूकम्पपीडित अस्थायी आवासमा बसे पनि अधिकांश अझै पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । नगरप्रमुख रवि केसीले मङ्सिरभित्र भूकम्प प्रभावित सबैलाई अस्थायी छानामुनि ल्याउने गरी काम भइरहेको बताए ।
जिल्लाका छवटै पालिकामा आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित १५ हजार छ सय ८९ का लागि पहिलो किस्ताबापत रु ३९ करोड २२ लाख २५ हजार सम्बन्धित स्थानीय तह विपद् व्यवस्थापन समितिको खातामा पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण