झापड खुवाउने जापानी रेष्टुराँ
नागोया । जापानमा घरेलु शैलीको एउटा इजाकाया रेष्टुराँ बार निकै आलोचित भयो । यो रेष्टुराँले आएका अतिथिहरुलाई खान दिनुअघि गालामा झापड हान्ने विवादास्पद सेवा दिन्थ्यो ।
नागोयामा रहेको शाचिहोको–या इजाकायाले रेष्टुराँमा आउने ग्राहकहरुलाई महिला कर्मचारीको हातबाट झापडको साथमा स्न्याक्स दिन्छ । यो अनौठो सेवाले रेष्टुराँमा आगन्तुकको संख्या बढेको थियो ।
सुरुमा अनुहारमा झापड हान्ने यो सेवा इजाकायाकी एक कर्मचारीले मात्रै दिन्थिन् । माग बढ्दै गएपछि व्यवस्थापनले झापड हान्ने कामकै लागि धेरै जना युवतिहरुलाई भर्ना गर्नु पर्यो । माग धान्न नसकेपछि प्रत्येक झापडका लागि १०० येनसम्म असुल्न सुरु गरियो ।
इजाकायाको अनुहारमा थप्पड हान्ने यो अनौठो सेवाबारे हालै मात्रै चिनियाँ भाषाको पत्रि लिबर्टी टाइम्सले एउटा खबर छापेको थियो । खबरअनुसार आफूले रोजेको कर्मचारीको हातबाट झापडका खुवाउन इजाकायाले ५०० येनसम्म तिराएको थियो । यो सेवा जापानी महिला र पुरुषको साथसाथै विदेशी पयर्टकहरुमाझ समेत लोकप्रिय बन्दै गयो । केही अतिथिले त झापड खाएर उल्टै आफूलाई हान्ने महिला कर्मचारीलाई धन्यवाद भनेर जान्थे ।
तर गएको महिनादेखि रेष्टुराँले झापड सेवा बन्द गर्यो । एक्समा एउटा पोष्ट गर्दै इजाकायाले यसबारे बताएको थियो । ‘शाचिहोको–याले अहिले झापड हान्ने सेवा दिँदैन । यसले पाएको आकर्षणको हामी सराहना गर्छौ, तर झापड खान आउनेका लागि अब उप्रान्त हामी सेवा दिन सक्दैनौं ।’ एक्सको पोष्टमा भनिएको छ । पुराना भाइरल भिडियो हेरेर नआउन र आउनु अघि बुझेर मात्रै आउन पनि इजाकायाले अनुरोध गरेको छ । रेष्टुराँले उक्त विवादास्पद सेवा किन बन्द गर्यो थाहा छैन । तर सेवा बन्द भएपनि त्यहाँ जानेको संख्या भने कम छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण