परराष्ट्र मन्त्री साउद कतार प्रस्थान, जोशीको रिहाइका लागि पहल गर्ने
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन् । कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन आज बिहान मन्त्री साउद त्यसतर्फ प्रस्थान गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ ।
उनले भोलिदेखि सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै इजरायलको हमासले बन्दी बनाइएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताइएको छ । मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेटेर जोशी रिहाका लागि पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कतार जानुअघि मन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । मङ्सिर १९ गते भएको भेटघाटमा मन्त्री साउदले हमासको कब्जामा रहेका जोशीलाई रिहाका लागि पहल गरिदिन आग्रह गरे ।
उनले आफू कतार गएका बेला यस विषयमा कुराकानी गर्ने र यसका लागि सबै व्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यसअघि मङ्सिर ८ गते कतारका विदेश राज्यमन्त्री अल–मुखारी र मन्त्री साउदबीच भेटवार्ता भएको थियो । नेपाल भ्रमणमा आएका मुखारीसँग उनले मन्त्रालयमा भेटघाट गर्दै जोशीको रिहाइका विषयमा कुराकानी गरेका थिए ।
त्यसपछि उनले मङ्सिर १३ गते बिहान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर विपिन जोशीका आमाबुवालाई भेटेका थिए । उनले विपिनका आमाबुबालाई आफू कतार जान लागेको र त्यहाँ पुगेर जोशीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएका थिए । मन्त्री साउदले त्यसअघि मङ्सिर ७ गते नेपालका लागि इजरायली राजदूतलाई बोलाएर जोशीको बारेमा छलफल गरेका थिए ।
मन्त्री साउदले शुक्रबार इजरायलका बन्दी तथा वेपत्ता व्यक्तिहरुबारे छानविन तथा रिहाका लागि पहल गर्ने संस्थाका संयोजक गल हर्चसँग पनि फोन सम्वाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण