भारतमा गाडी र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु
आइतबार, २४ मङ्सिर २०८०, १० : १८
काठमाडौं । भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको जलेर मृत्यु भएको हो ।
दुर्घटना बरेली जिल्लाको भोजीपुरा थाना क्षेत्रको नैनीताल राजमार्गमा भएको हो । प्राप्त जानकारी अनुसार कारको टायर फुटेपछि ट्रकसँग ठोक्किएको हो ।
बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्कियो र त्यसपछि टाँसिएर आगो लागेको बताए ।
गाडी भित्रबाट सेन्ट्रल लक भएको कारण मानिसहरु बाहिर निस्कने मौका पाएनन् र सबै जलेका थिए । मृतकलाई बाहिर निकालिएको छ ।
जसमध्ये ७ जना वृद्ध र एक बालक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण