भारतलाई हराउन पाकिस्तानले २६० रन बनाउनु पर्ने
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि दुई सय ६० रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५९ रन बनायो ।
भारतका लागि तीन ब्याट्सम्यानले अर्धसतकीय पाली खेले । ओपनर ब्याट्सम्यान आदर्श सिंहले ६२ रन बनाए । उनले ८१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनले आर्सिन कुलकणर्ीसँग ओपनिङ विकेटका लागि ३९ रनको साझेदारी गरे । कुलकणर्ी भने २४ रन बनाउँदै पेभेलियन फर्किए ।
चौथो नम्बरका ब्याट्सम्यान उदय सहरनले पनि ६० रन बनाए । भारतीय टोलीका कप्तानसमेत रहेका उदयले ९८ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । सचिन दासले ५८ रन बनाए । उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए ।
भारतले अतिरिक्त रुपमा २० रन पाएको थियो । पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४६ रन खर्चिए । अमिर हसन र उबैद शाहले पनि दुई—दुई विकेट हात पारे । अर्को एक विकेट अराफत मिनहसले लिए ।
समूह ‘ए’ अन्तर्गतको खेलमा भारत र पाकिस्तानले यसअघि एक—एक खेल जितिसकेका छन् । त्यसैले आइतबारको खेलमा विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण