पहिलो ओभरमै विकेट गुमायो नेपालले
आइतबार, २४ मङ्सिर २०८०, १५ : ४६
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान विपिन रावललाई शून्य रनमै गुमाएको हो । उनलाई अफगानिस्तानका बलर फरिदुन दाउदजाईले नुमन शाहमार्फत क्याच गराएका हुन् । पहिलो ओभरको चौथो बलमा उनी आउट हुँदा नेपालले दुई रन बनाएको थियो ।
यसअघि यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण