शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

आइतबार, २४ मङ्सिर २०८०, १८ : ४३
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।  

आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताएकी हुन् । उनले देशमा सबै कुराहरु राम्रो भएपनि नेताहरु भने भ्रष्ट रहेका बताइन् । 

पूर्वप्रधानन्यायाधीश कार्कीले भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन् । उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताइन् । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरु समेत राजनीतिक दलका कार्यकर्ताहले जफत गर्ने गरेका बताइन् । उनले राजनीतिक दलहरु सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरु रहेका बताइन् । आम नागरिकमा आर्थिक अभाव भएपनि दलका कार्यकर्ताहरुसँग भने करोडौँ सम्पती भएको उनको भनाई छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन् । उनले संविधानमा देखिएका समस्याहरुलाई भने संशोधन गर्दै जान सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप