सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डद्वारा ३० दिन अगावै लक इन पिरियड सार्वजनिक गर्न निर्देशन

सोमबार, २५ मङ्सिर २०८०, १५ : १२
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई ३० दिन अगावै लक इन पिरियड सार्वजनिक गर्न निर्देशन दिएको छ । कम्पनीको सेयर कारोबार बन्द रहने समय र कम्पनीको अर्थात् विवरण समयमा नै जानकारी नहुँदा बजारमा लगानीकर्ताहरु झुकिने र कारोबार समेत प्रभावित हुने गरेको भन्दै यस्तो समस्या हल गर्न कम्पनीहरुले लक इन पिरियडको कम्तीमा ३० दिनअघि सार्वजनिक सूचना गर्न बोर्डले निर्देशन गरेको हो । 

‘नेपाल स्टक एक्सचेन्ज लि.मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन अवधि सम्बन्धी व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरुलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम देहायको व्यवस्था गर्न गराउन नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई निर्देशन दिने बोर्डले निर्णय गरेको छ’ बोर्डद्वारा जारी विज्ञप्तिमा बताइएको छ । 

यस्तो छ बोर्डको निर्देशन:

१. सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको बिक्री गर्ने नपाइने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० (तीस) दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन शेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल शेयर संख्या, लक इन अवधि समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, सो को जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधि समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने ।

२. सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लक इन (lock in ) अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. ले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधि समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेबसाइटमा राख्नुपर्ने ।

371538690_858388659101114_5254686378363612795_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप