मुद्दा मिलाइदिन्छु भन्दै करिब १ करोड रुपैयाँ ठगी
काठमाडौँ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् ।
उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
पक्राउ परेका दुई जनामाथि आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण