मुद्दा मिलाइदिन्छु भन्दै करिब १ करोड रुपैयाँ ठगी

काठमाडौँ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् ।
उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
पक्राउ परेका दुई जनामाथि आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री