गाजामा आक्रमण जारी राखेपछि पुमाद्वारा इजरायल फुटबलसँगको प्रायोजन सम्झौता रद्द
काठमाडौँ । इजरायली सरकारले प्यालेस्टाइनविरुद्धको आक्रमणलाई निरन्तर रूपमा जारी राखेपछि विश्वकै चर्चित खेलकुद सामाग्री उत्पादक कम्नी पुमाले इजरायलको राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता रद्द गरेको छ ।
पुमाले सम्झौता रद्द गर्ने निर्णय एक वर्षअघि नै लिइए पनि अहिले आएर सार्वजनिक गरिएको जनाएको छ । इजरायलले निरन्तर रूपमा प्यालेस्टाइनमाथि आक्रमण जारी राखेपछि प्रायोजन सम्झौता रद्द गर्ने निर्णय लिइएको पुमाका एक अधिकारीले जनाएका छन् । पुमाका ती अधिकारीको नाम भने सञ्चार माध्यममा सार्वजनिक गरिएको छैन ।
अधिकांश उपभोक्ताले इजरायलको राष्ट्रिय फुटबल टोलीसँगको सम्झौता रद्द नभए आफूहरूले पुमाको उत्पादन प्रयोग गर्ने चेतावनी दिएपछि यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । विश्वभरका थुप्रै उपभोक्ताले जर्मन कम्पनी पुमाको कार्यालयमा टेलिफोन गर्दै सम्झौता तत्काल रद्द गर्न दबाब दिएका थिए ।
उपभोक्ताहरूले सामाजिक सञ्जालमार्फत पनि यस्तो दबाब दिएको समाचारमा जनाइएको छ । गत अक्टोबर ७ तारिखमा हमासले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायलले पनि निरन्तर रूपमा गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।
इजरायलको आक्रमणमा परी हजारौँ सर्वसाधारणले जीवन गुमाइसकेका छन् । पुमाको यस्तो निर्णयपछि सन् २०२४ देखि इजरायल फुटबल संघले आफ्नो राष्ट्रिय फुटबल टोलीले नयाँ प्रायोजक खोज्नु पर्ने भएको छ । पुमालाई विश्व खेलकुदमा निकै ठुलो प्रायोजकका रूपमा लिइन्छ ।
पुमाले सन् २०१८ देखि इजरायलको राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको छ । इजरायल फिफा विश्वकप खेलिसकेको राष्ट्र हो । इजरायलले सन् १९७० मा मेक्सिकोमा सम्पन्न फिफा विश्वकप खेलेको थियो । त्यतिबेला इजरायल समूहगत चरणबाटै बाहिरिएको थियो । इजरायलले समूहगत चरणको खेलमा दुई बराबरी र एक हारको नतिजा निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण