अध्यक्ष ओलीसहितको टोली खोटाङ प्रवेश, आज दिक्तेलमा बस्ने
विराटनगर । नेकपा एमालेले सुरु गरेको संकल्प यात्रा अन्तर्गत उदयपुरको घुर्मिको कार्यक्रम सकेर टोली खोटाङ पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको उक्त टोली आज (मंगलबार) खोटाङ सदरमुकाम दिक्तेलमा बस्ने बताइएको छ ।
एमाले कोशी प्रदेशका सहइन्चार्ज शेरधन राईले घुर्मिमा सफलतापूवर्क कार्यक्रम गरेर खोटाङ प्रवेश गरेको जानकारी दिए । कोशी प्रदेशमा मंगलबार सम्पन्न हरकपुरको कार्यक्रम र घुर्मिको कार्यक्रम सफल भएको र कुनै बाधा अवरोध नभएको उनले बताए । ‘आज हाम्रो टोली दिक्तेलमा बास बस्छ र भोलि भोजपुरमा कार्यक्रम गर्छौँ,’ उनले भने, ‘अहिलेसम्म कुनै बाधा अवरोध भएको छैन ।’
पहिचानवादी संघसंगठनहरुले भने एमालेको अभियानलाई अवरोध गर्न भन्दै बन्दको आव्हान गरेको थियो । त्यही क्रममा प्रहरीले १२ जना पहिचानवादीलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाले कुनै अप्रिय घटना हुन नदिन आफूहरुले चुस्तदुरुस्त सुरक्षा व्यवस्था अपनाएको बताए । ‘हामीले वेल मेनेज गरेका छौँ । अहिलेसम्म १२ जना पक्राउ परेका छन्,’ बाँस्तोलाले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूको खोटाङ सदरमुकाम दिक्तेलको बसाई पनि सुरक्षित हुनेगरी उपर्युक्त सुरक्षा व्यवस्था गरेका छौँ ।’
मंसिर १४ गते बैतडीको झलाघाटदेखि सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलबार कोशी प्रदेशको उदयपुरस्थित घुर्मिबाट प्रवेश गरेको हो ।
पहिचानवादीहरुले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन् । संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुनेछ ।
एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिएको छ । सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबासस्थलमा कडाइ गरिनेछ ।
अभियान अब भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण