महिला नेत्रहीन क्रिकेट : नेपालले भारतलाई उसैको मैदानमा १० विकेटले हरायो
काठमाडौँ । भारतको मुम्बईमा जारी द्विपक्षीय महिला नेत्रहीन टी—२० क्रिकेट शृंखलाको बुधबार खेलिएको खेलमा नेपालले भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.१ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय ७४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालको जितमा बिनिता पुनले अविजित ७८ रनको योगदान गरिन् । उनले केवल ६० बलको सामना गरी सात चौका पनि हिर्काइन् ।
नेपालका लागि अर्की ओपनर मनकेषी चौधरीले पनि अविजित ७५ रन बनाइन् । उनले केवल ५७ बलको सामना गरी पाँच चौका हिर्काइन् । नेपालले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि सीमु दासले ६१ बलको सामना गरी अविजित ८४ रन बनाएकी थिइन् ।
भारतका लागि सुनिता सार्थीले पनि अविजित ३१ रन बनाइन् । भारतले अतिरिक्त रुपमा पनि २० रन पाएको थियो । भारतीय टोलीका चारैजना ब्याटर रन आउट भएर पेभेलियन फर्किएका थिए । उक्त खेल मुम्बईस्थित पुलिस जिमखाना मैदानमा खेलिएको थियो ।
उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व प्रतिभा राई, माया लुङ्गेली, मुना अर्याल, पुनम चौधरी, श्रृजना परियार, गिता पौडेल, कान्ती योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेशी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीशरा धमला, उजेली चौधरी र विनिता पुनले गरिरहेका छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा रिजन प्रजु र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला छन् । टोलीको ब्यवस्थापकमा भने ज्योति केसी, पवन घिमिरे र सागर लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण