मणिपालमा उपचार गराइरहेका बिरामी बेपत्ता, खोज्नका लागि सेती ड्याम खोल्ने प्रहरीको तयारी

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट एक जना बिरामी बेपत्ता भएका छन् । लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र उपचार गर्दागर्दै बेपत्ता भएका हुन् । उनी सोमबार साँझदेखि बेपत्ता भएका प्रहरीले जनाएको छ ।
उनको परिचयपत्रसहितको कपडा सेती नदीस्थित झोलुङ्गे पुलमा भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ । सोही अनुमानका आधारमा सेती नदीको ड्याम खोलेर खानतलासी गरिने कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनका बुबा हरिप्रसाद मिश्र औषधी किन्न बाहिर निस्केका बेला संगम बेडबाट बाहिरिएका हुन् । उनी हराएको बारे अस्पताल प्रशासनले केही बोलेको छैन । ड्याम खोलेर खोजी गर्नुपर्ने भएकोले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन प्रहरीले सूचना निकालेको छ । बिहीबार दिउँसो १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान