मणिपालमा उपचार गराइरहेका बिरामी बेपत्ता, खोज्नका लागि सेती ड्याम खोल्ने प्रहरीको तयारी
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट एक जना बिरामी बेपत्ता भएका छन् । लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र उपचार गर्दागर्दै बेपत्ता भएका हुन् । उनी सोमबार साँझदेखि बेपत्ता भएका प्रहरीले जनाएको छ ।
उनको परिचयपत्रसहितको कपडा सेती नदीस्थित झोलुङ्गे पुलमा भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ । सोही अनुमानका आधारमा सेती नदीको ड्याम खोलेर खानतलासी गरिने कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनका बुबा हरिप्रसाद मिश्र औषधी किन्न बाहिर निस्केका बेला संगम बेडबाट बाहिरिएका हुन् । उनी हराएको बारे अस्पताल प्रशासनले केही बोलेको छैन । ड्याम खोलेर खोजी गर्नुपर्ने भएकोले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन प्रहरीले सूचना निकालेको छ । बिहीबार दिउँसो १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण