शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

बिहीबार, २८ मङ्सिर २०८०, ११ : ५९
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २८ सयले मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो । जुन, आज १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप