चोरीको आइफोन चलाउन सम्भव नहुने विशेष फिचर ल्याउँदै एप्पल
काठमाडौँ । आइफोनको लोकप्रियता कसैबाट लुकेको छैन । एप्पल कम्पनीले आफ्नो डिभाइसमा कयौँ नवीनता ल्याएको छ, जसलाई प्रयोगकर्ताले रुचाइरहेका छन् ।
अब एप्पलले एउटा नयाँ फिचर ल्याउँदै छ,जसको मद्दतबाट आइफोनको चोरी निरुत्साहित गर्न सक्छ । यस फिचरको नाम ‘स्टोलेन डिभाइस प्रोटेक्सन’ हो ।
एप्पलले आइफोन प्रयोगकर्ताका लागि ‘आइओएस’को नयाँ संस्करण ल्याउँदैछ । यसमा ‘स्टोलेन डिभाइस प्रोटेक्सन’ फिचर रहने छ । जसले गर्दा कसैले आइफोन चोरेको खण्डमा समेत त्यसलाई सजिलै ‘अनलक’ गर्न सक्दैन ।
चोरी भएको आइफोन कसैले पासकोडका माध्यमबाट ‘अनलक’ गरिहालेको खण्डमा समेत फोनबाट कुनै डेटामा हेरफेर गर्न नसक्ने कम्पनीको दाबी छ ।
आइफोन चोरी हुनबाट बचाउने र आवश्यक डेटा सुरक्षित राख्नका लागि ‘स्टोलेन डिभाइस प्रोटेक्सन’ फिचर आफैँ अन हुने जनाइएको छ । कम्पनीका अनुसार सम्बन्धित प्रयोगकर्ता कहिल्यै नपुगेको लोकेसनमा आइफोन पुग्नासाथ उक्त फिचर आफैँ ‘अन’ हुने र प्रयोगकर्ताले उक्त डिभाइस प्रयोग गर्नका लागि ‘अथेन्टिकेट’ गर्नुपर्ने हुन्छ ।
‘अथेन्टिकेट’का रुपमा पासकोड र फेस आइडी प्रयोग गर्नुपर्ने हुन्छ । एप्पल आइडी परिवर्तन गर्न वा ‘फ्याक्ट्री रिसेट’ गर्नका लागि पासकोड र फेस आइडी अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ, जो चोरीको मोबाइल प्रयोगकर्ताबाट सम्भव हुँदैन ।
नयाँ लोकेसनमा पुगेको आइफोन एक पटक ‘फेस अथेन्टिकेट’ फेल भएपछि फेरि त्यो फिचर खुल्न एक घण्टा कुर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण