ह्वाट्सएपको च्याटलाई कसरी ब्लर गर्ने ?
काठमाडौँ । ह्वाट्सएप अहिले सबैभन्दा धेरै प्रयाेगमा आएको एपमध्ये एक हो । यसमा मानिसहरू हरेक खालको कुरा गर्छन् । हरेकको मोबाइलमा कार्यालयकै दुई चार ओटा ग्रुप यसमा हुन्छन् । साथीभाइ अनि आफन्तको छुट्टाछुट्टै ग्रुप छन् । अहिले धेरैको चिन्ता आफ्नो च्याटलाई कसरी सुरक्षित राख्ने भन्ने भएको छ ।
अफिसमा तपाईँले पीसी वा ल्यापटपमा ह्वाट्सएप चलाउनु हुन्छ ? आफ्नो दायाँबायाँ रहेका सहकर्मीहरूले छड्के आँखाले हेरेर आफ्नो च्याट पढ्न नसकुन् भन्ने चाहना तपाईँको छ भने आजको यो लेख तपाईँकै लागि हो ।
च्याट स्क्रिनलाई तपाईँको आसपास बसेकाहरूले हेर्न नसक्ने बनाउने तरिकाबारे हामी कुरा गर्न गइरहेका छौँ । वास्तवमा यसको समाधान ‘वा वेब प्लस फर ह्वाट्स एप’ नामक वेब एक्सटेन्शनमा छ ।
तपाई डेस्कटपमा खुलेको च्याटमा छोप्न चाहनु हुन्छ अनि यसलाई कसैले नदेखुन् भन्ने चाहनु हुन्छ भने पहिला क्रोम वेब स्टोरमा गएर ‘वा वेब प्लस फर ह्वाट्सएप’ खोज्नुस् । अनि यसपछि एड टू क्रोममा ट्याप गर्नुस् । ऐड भएपछि ब्राउजर बन्द गरेर फेरि खोलिदिनुस् । गुगल क्रोममा ह्वाट्स एप लग इन गर्नुस् । अब तपाईँले हाइड एन्ड ब्लर च्याटको अप्शन पाउनु हुनेछ ।
यो एक्सटेन्शनमा तपाईँले च्याटलाई ब्लर गर्नेबाहेक अन्य टूल पनि पाउनु हुनेछ । यसमा च्याटमा पासवर्ड राख्ने अप्शन, डेस्कटप एपमा लक फिचर पनि पाइन्छ । तपाईँलाई यो एक्सटेन्शन चलाउँदा चलाउँदा दिक्क लाग्यो भने यसलाई सजिलैसँग हटाउन पनि सक्नु हुन्छ । गूगल क्रोममा यो एक्सटेन्शनमाथि क्लिक गरेर टूलबारमा रिमुभ फ्रम क्रोममा ट्याप गरेपछि यो हट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण