ओलीमाथि आक्रमण प्रकरण : प्रहरीले रोक्न खोज्दा खोज्दै भीडमा छिरे, मुक्काले हान्ने प्रयास
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेका हुन् ।
‘हाम्रा साथीहरुले रोक्न खोजेका रहेछन् । तर, एमालेकै कार्यकर्ताहरुको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको छ,’ डीआईजी बाँस्तोलाले भने । उनले आक्रमणकारी राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको जानकारी दिए ।
संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि बिहीबार आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । महालक्ष्मी-५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
धनकुटाको लेगुवामा केपी ओलीमाथि आक्रमण प्रयास pic.twitter.com/EOuieF63mD
— RatoPati (@Rato_pati) December 14, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण