निजी क्षेत्रको लगानीमा निर्माणाधीन क्रिकेट रंगशाला फागुनदेखि सञ्चालनमा आउने
रुपन्देही । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनदेखि सञ्चालनमा आउने भएको छ । बिहीबार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणाधीन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने छ । सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । उनले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पारे । उनले रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो ।
रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो । उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए । सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताए । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने उनले बताए । उनले आगामी दसैँ सम्ममा रंगशाको सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरैभन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरु सञचालन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण