काठमाडौँ महानगरपालिकाले २९ औँ स्थापना दिवस मनाउँदै
काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज आफ्नो २९ औँ स्थापना दिवस मनाउँदै छ ।
महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
‘काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् ।
तत्कालीन सरकारले २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रूपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मङ्सिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण