आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले २९ औँ स्थापना दिवस मनाउँदै

शुक्रबार, २९ मङ्सिर २०८०, ०८ : १५
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज आफ्नो २९ औँ स्थापना दिवस मनाउँदै छ । 

महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

‘काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् ।

तत्कालीन सरकारले २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रूपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मङ्सिर २९ मा महानगर दिवस मनाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप