हंगेरीले रोक्यो युक्रेनका लागि ईयूको आर्थिक सहयोग
बुडापेस्ट । सदस्यताको विषय छलफल सुरु गर्ने सहमति बनेको केही घण्टापछि नै हंगेरीले युक्रेनका लागि युरोपियन युनियन (ईयू) को ५० अर्ब युरो बराबरको सहायता रोकेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानले सामाजिक सञ्जालमार्फत युक्रेनलाई थप रकम प्रदान गर्ने निर्णयमा भिटो प्रयोग गरेको जानकारी दिएका हुन् ।
ईयूका नेताहरूले युक्रेनका लागि आर्थिक सहायताबारेको छलफल अब अर्को वर्षको सुरुवातबाट पुनः सुरु गरिने बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर रहेको छ ।
ईयूका नेताहरूले बिहीबार युक्रेन र मोल्डोभासँग सदस्यताबारे छलफल सुरु गर्ने निर्णय गरेसँगै ओरबानले सहायता रकम रोक्न भिटो प्रयोग गरेको जानकारी दिएका थिए । हंगेरीले लामो समयदेखि युक्रेनलाई ईयूको सदस्यता दिने विषयमा आपत्ति जनाउँदै आएको छ । तर, उसले यसमा भने भिटो प्रयोग गरेन ।
युरोपियन काउन्सिलका अध्यक्षका प्रवक्ताले यो निर्णय सर्वसम्मत रूपमा गरिएको जानकारी दिए । युक्रेनका लागि राष्ट्रपति भ्लादोमिर जलेन्स्कीले सदस्यताका लागि छलफल सुरु गर्ने ईयूको निर्णय आफ्नो देश र युरोपका लागि जीत भएको दाबी गरे ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण