शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैङ्कले लाभांश नदिने

शुक्रबार, २९ मङ्सिर २०८०, १२ : ०२
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । कुमारी बैङ्कले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैङ्कको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले बैङ्कको वित्तीय विवरण पारित गर्ने जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैङ्क समक्ष पेस गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले नगद लाभांश र बोनस सेयर नै नदिने घोषणा गरेको छ । हाल बैङ्कले बुक क्लोजको मिति र साधारण सभाको मिति तोकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप