कुमारी बैङ्कले लाभांश नदिने
शुक्रबार, २९ मङ्सिर २०८०, १२ : ०२
काठमाडौँ । कुमारी बैङ्कले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैङ्कको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले बैङ्कको वित्तीय विवरण पारित गर्ने जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैङ्क समक्ष पेस गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले नगद लाभांश र बोनस सेयर नै नदिने घोषणा गरेको छ । हाल बैङ्कले बुक क्लोजको मिति र साधारण सभाको मिति तोकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण