आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री महत

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : ०१
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा.महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’ 

अहिले बीमा सचेतनाको आवश्यकता रहेको औँल्याउँदै मन्त्री डा.महतले भने, ‘जीवन होस् वा निर्जीवन जोखिममा पर्‍यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठुलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ । जसले बीमा गरिसकेको छ, आपत् पर्दा तिर्न बिमा कम्पनीहरूले तिर्न आनाकानी गर्छन् । यसले सम्भावित बिमा लिन खोज्नेहरूलाई पनि  बीमा विस्तारमा अवरोध पुर्‍याउँछ ।’

देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियामक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे । उनले व्यावसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए ।

‘बीमा कम्पनीहरूले लिन बेला विज्ञापन गर्ने, रिर्सोयस जम्मा गर्ने र दिनुपर्‍यो भने अनेकौँ झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेयरको काम आउँछ । उनीहरूको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा.महतले भने, ‘बीमा सर्भेयर महत्त्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । बिमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप