भारतलाई हराउँदै बंगलादेश यू-१९ एसिया कपको फाइनलमा
काठमाडौँ । बंगलादेश एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई चार विकेटले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ४२.४ ओभरमा अलआउट हुनुअघि एक सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
दुबै ओपनरलाई सस्तैमा गुमाएको बंगलादेशको जितमा चौथो नम्बरका ब्याट्सम्यान अरिफुल इस्लामले ९४ रनको योगदान गरे । उनले केवल ९० बलको सामना गरी चार छक्का र नौ चौका पनि हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान अहरर आमिनले पनि ४४ रनको योगदान गरे ।
आमिनले लामो समय क्रिजमा टिकेर एक सय एक बलको सामना गरी तीन चौका हिर्काएका थिए । भारतीय टोलीका बलर नमन तिवारीले तीन विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै ३५ रन खर्चिएका थिए । राज लिम्बानीले पनि दुई विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतलाई सस्तोमा समेट्ने क्रममा बंगलादेशी बलर मारुफ मृद्धाले चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडन राख्दै ४१ रन खर्चिएका थिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए ।
भारतका लागि छैटौँ नम्बरका ब्याट्सम्यान मुसिर खान र आठौँ नम्बरका ब्याट्सम्यान मुरुगन अभिषेकले अर्धसतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मुसिरले ५० र मुरुगनले ६२ रन बनाएका थिए । प्रतियोगिताको फाइनल खेल आइतबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण