रोमाञ्चक खेलमा पाकिस्तानलाई पराजित गर्दै यूएई यू-१९ एसिया कपको फाइनलमा
काठमाडौँ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दुबईमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानमाथि ११ रनको रोमाञ्चक जित हासिल गर्दै यूएई फाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयोजक यूएईले ४७.५ ओभरमा अलआउट हुनुअघि एक सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ८२ रनमात्र बनाउन सक्यो ।
पाकिस्तानलाई लक्ष्यसम्म पुग्न नदिन यूएईका बलर आयमन अहमद र हार्दिक पाईले दुई-दुई विकेट लिए । ओमैद रेहमान, ध्रुव परासर र अमर बदामीले पनि एक-एक विकेट हात पारे । पाकिस्तानका लागि कप्तान साद बेगले ५० र अजान अवाइसले ४१ रन बनाएका थिए ।
त्यसअघि यूएईका लागि कप्तान आयान अफजल खानले ५५ रनको योगदान गरेका थिए । उनले ५७ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । सोही योगदानका कारण उनी म्यान अफ दी म्याच पनि घोषित भए ।
ओपनर आर्यान्स शर्माले ४६ रन बनाएका थिए । उनले ७० बलमा ६ चौका हिर्काएका थिए । यूएईका लागि एथान डिसुजाले पनि ३७ रनको योगदान गरे । पाकिस्तानका बलर उबैद शाहले चार विकेट लिए । अली असफान्द र अराफत मिनहसले पनि दुई-दुई विकेट हात पारे । प्रतियोगिताको फाइनल खेल आइतबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण