प्रहरी भवनको उद्घाटन, भक्तपुरमा तालिम केन्द्र बनाइने
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, डोलेश्वरमा प्रहरी चौकी भवन निर्माण गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नवनिर्मित भवनको आज उद्घाटन गरे ।
अतिरिक्त महानिरीक्षक थापाले काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाका लागि दक्ष जनशक्ति उपत्पादन गर्न भक्तपुरमा तालिम केन्द्र बनाउने तयारी गरेको बताए । उपत्यकाका बासिन्दाको शान्ति सुरक्षार्थ १२ हजार प्रहरी जवान क्रियाशील रहेको भन्दै उनले तिनीहरुको क्षमतावृद्धिका लागि तालिम कक्ष निर्माण आवश्यक भएकाले ८० रोपनी जग्गा निःशुल्क प्राप्तिका लागि आह्वान गरेको बताए ।
जनताको शान्ति सुरक्षाका लागि समुदाय प्रहरी साझेदारीले महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै अतिरिक्त महानिरीक्षक थापाले उपत्यकामा हुने अपराधका घटना कम गर्न नागरिकसँगको हातेमालोमा विभिन्न रणनीति तयार गरी अगाडि बढिरहेको बताए ।
बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रहरीचौकी निर्माणसँगै डोलेश्वर क्षेत्रमा अपराधका घटनामा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले घ्याम्पेडाँडा क्षेत्रको भौगोलिक अवस्थाको फाइदा उठाउँदै चोरीका मोटरसाइकल र लागुऔषधको कारोबारीको गतिविधि बढेको जनगुनासो आइरहेकाले त्यस क्षेत्रमा पनि प्रहरी युनिट स्थापना गर्न सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष पुष्पराज बस्नेतलगायतले यहाँको अपराध न्यूनीकरणमा स्थानीयवाससँग प्रहरीको हातेमालो आवश्यक रहेको औंल्याए ।
कूल एक करोड १२ लाख ५६ हजार रुपैयाँमा तयार भएको साढे दुई तले उक्त भवनमा कार्यालय, प्रहरी, ब्यारेक, थुनुवा कक्ष, मेसलगायतको व्यवस्था रहेको छ । कूल १५ जनाको दरबन्दी रहेको उक्त प्रहरी चौकीमा हाल प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठ जनाले सेवा प्रदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण