आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्ने

आइतबार, ०१ पुस २०८०, ०८ : ०३
आइतबार, ०१ पुस २०८०

काठमााडाैँ । नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते  सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन पुस २ गतेदेखि खुला हुने जानकारी दिएका छ । 

२०८० पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क सहित अनलाइनमार्फत फाराम बुझाउन सकिने काउन्सिलले बताएको छ । 

अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने र  परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ । परीक्षा समितिले जानकारी दिएको छ । 

mm

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप