मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सिद्धार्थ शुक्लालाई भुलेर अगाडि बढेकी हुन शहनाज गिल ?

आइतबार, ०१ पुस २०८०, ११ : ४५
आइतबार, ०१ पुस २०८०

नयाँ दिल्ली । शहनाज गिल बिगबोस १३ बाट रातारात चर्चित भएकी हुन् । दिवङ्गत अभिनेता सिद्धार्थ शुक्लासँगको उनको सम्बन्धलाई धेरैले अहिले पनि भुल्न सकेका छैनन् । फ्यानहरुलाई यी दुइएको जोडी यति मन पर्यो कि यिनीहरूको नामको ह्याशट्याग अहिलेसम्म पनि फेमस छ ।

सिद्धार्थको मृत्युपछि शहनाज लामो समय सामाजिक सञ्जाल र मिडियाबाट टाढा रहिन् । केही महिनापछि उनी सामाजिक सञ्जालमा आइन् अनि फिल्म पनि खेलिन् । यो बीचमा उनको नाम कयौं को–स्टार्शसँग जोडियो । कहिले राघव जुयाल त कहिले पन्जाबी गायक गुरु रंधावासँग जोडिएर शहनाजको नाम आयो ।

यति बेला गुरु रंधावासँग शहनाज गिलको अर्को भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा शहनाज गुरुसँग रोमान्टिक देखिएकी छिन् । यो भिडियो देखेर सिडनाजका केही फ्यानहरू छक्क परेका छन् । कोही चाँहि उनीसँग रिसाएका छन् । केही फ्यानलाई यो भिडियो फिटिक्कै मन परेन । केहीले त उनलाई गाली नै गरे । भाइरल भिडियोलाई लिएर युजरले शहनाजमाथि गाली बर्साइरहेका छन् ।

शहनाजले सिद्धार्थ शुक्लालाई बिर्सिएको केहीको भनाई छ । एक युजरले चाँहि ‘को कोसँग मुभ अन गर्ने हो ?’ भन्दै प्रश्न गरेका छन् । अर्का एक जनाले चाँहि शहनाजलाई ‘फ्लिपर’को संज्ञा दिए । भिडियोको कमेन्ट बक्स यस्तै खालका अनेक कमेन्टले भरिएका छन् । आफ्नो नाम को–एक्टर्ससँग जोडिएपछि एक पटक शहनाजले एक्टर्स साथी पनि त हुन सक्छन् भनेर भनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप