बंगलादेशले जित्यो यू–१९ एसिया कपको उपाधि
काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई एक सय ९५ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
बंगलादेश सेमिफाइनल खेलमा भारतलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने २४.५ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान आसिकर रहमान एक सय २९ रनको योगदान गरे । उनले एक सय ४९ बलमा एक छक्का र १२ चौका प्रहार गरेका थिए ।
मोहम्मद रिजवानले ६० रन बनाए । उनले ७१ बलमा एक छक्का र चार चौका प्रहार गरे । अरिफुल इस्लामले पनि ५० रन जोडे । उनले ४० बलमा ६ चौका हिर्काएका थिए । यूएईका बलर आयमन अहमदले चार विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ध्रुव परासरले अविजित २५ रन बनाए । ओपनर अक्षत राईले ११ रन जोडे । बंगलादेशका बलर मारुफ मृद्ध र रोहन्त बोर्सनले तीन–तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण