प्रधानमन्त्रीसँग ललितपुर उपप्रमुखको गुनासो– कानुन नहुँदा कर्मचारी नियुक्त गर्न सकिएन
ललितपुर । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा स्थानीय तहमा कर्मचारी नियुक्त गर्न समस्या भएको गुनासो गरेकी छन् । सोमबार ललितपुर महानगरपलिकाको १०५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल कानुन निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरिन् ।
‘कानुन बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । तर कानुन बनाउँदै गर्दा माथिको कानुनसँग बाझिएको तलको कानुन स्वतः खारेज हुने भनिसकेपछि हामीले बनाउने कानुनको के अर्थ रहन्छ र ? न कर्मचारी नियुक्त गर्न सक्छौँ न त कानुन बनाउन सक्छौँ,’ प्रधानमन्त्रीसँग उनले गुनासो पोखिन् ।
संविधानमा समाजवादको कुरा भएकाले यही संविधानबाट समृद्धि ल्याउन सकिने विश्वास व्यक्त गर्दै उनले त्यसको लागि संविधान कार्यान्वयनमा जोड दिइन् । उनले सबैभन्दा पहिला शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्न आवश्यक बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण