आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग ललितपुर उपप्रमुखको गुनासो– कानुन नहुँदा कर्मचारी नियुक्त गर्न सकिएन

सोमबार, ०२ पुस २०८०, १० : ५३
सोमबार, ०२ पुस २०८०

ललितपुर । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा स्थानीय तहमा कर्मचारी नियुक्त गर्न समस्या भएको गुनासो गरेकी छन् । सोमबार ललितपुर महानगरपलिकाको १०५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल कानुन निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरिन् ।

‘कानुन बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । तर कानुन बनाउँदै गर्दा माथिको कानुनसँग बाझिएको तलको कानुन स्वतः खारेज हुने भनिसकेपछि हामीले बनाउने कानुनको के अर्थ रहन्छ र ? न कर्मचारी नियुक्त गर्न सक्छौँ न त कानुन बनाउन सक्छौँ,’ प्रधानमन्त्रीसँग उनले गुनासो पोखिन् ।

संविधानमा समाजवादको कुरा भएकाले यही संविधानबाट समृद्धि ल्याउन सकिने विश्वास व्यक्त गर्दै उनले त्यसको लागि संविधान कार्यान्वयनमा जोड दिइन् । उनले सबैभन्दा पहिला शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्न आवश्यक बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप