नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई नोबेलमा उपचार गर्दा सहुलियत
विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा (बराल) तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल र कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सरोज कुमार सिंह, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधिकारीहरु लगायतका उपस्थिति रहेको थियो ।
सम्झौता पत्रमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलव्ध गराउदै आईरहेको र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका सदस्यहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा आई उपचार गर्दा विशेष सहुलियत दिने उद्देश्यले यो सम्झौता गरिएको उल्लेख छ ।
जस अन्तर्गत परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्यहरु (आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) उपचारको क्रममा आउदा अस्पताल सेवामा २५% छुट उपलव्ध हुने छ । यो सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवाहरुमा उपलब्ध हुनेछ । यो सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनु पर्ने छ ।
सम्झौता पत्र अनुसारका सेवा सुविधाहरु मिति २पौष १ गतेबाट लागु भई २०८१ पौष १ गते सम्म लागु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
-
अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु
-
सांसदको प्रश्न हटाइने, प्रधानमन्त्रीको अभिव्यक्ति सुरक्षित राख्ने ? : ठाकुर गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण