बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
त्रिवि दीक्षान्त समारोह

त्रिविमा मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सोमबार, ०२ पुस २०८०, १६ : ३८
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता जनाएका छन् ।  प्रधानमन्त्री प्रचण्डले सोमवार दीक्षान्त समारोहमा सहभागी भएलगत्तै सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन विशेष आव्हान गरेका छन् ।

उनले भने, ‘आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु।’

उनले राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा नभई मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल समेत गरेका छन् ।

उनले दीक्षान्त समारोहले विश्व इतिहासमै नयाँ रेकर्ड बनाएको बताए । प्रधानमन्त्री प्रचण्डले भने– ‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुन गयो।’

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप