सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक  प्रहरीको नियन्त्रणमा

सोमबार, ०२ पुस २०८०, १९ : ०४
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भई हाल काठमाडौँ बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौँको भिमसेनस्थानबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो । 

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न तामाङलाई टोखाबाट सोमबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप