बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

राज्य व्यवस्था तथा सुशासन समितिमा आज प्रधानमन्त्री प्रचण्डसँग छलफल

मङ्गलबार, ०३ पुस २०८०, १० : १६
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डाकिएको छ । साढे ११ बजे सुरु हुने बैठकमा एनसेल प्रकरण, सरकार भित्रको सुशासनको विषय र  संघीय निजामती ऐन लगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।

समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आजको बैठकमा प्रधानमन्त्रीले केही महत्वपूर्ण विषयमा जवाफ दिनुपर्ने बताए । उनले रातोपाटीसँग भने,‘ एनसेल प्रकरण भित्रको गुह्य के हो ?, सरकार सुशासनका कुरा गर्छ तर, मन्त्री र सचिवको कामबाट सन्तुष्ट छैन भन्नुहुन्छ प्रधानमन्त्री यसबारे जवाफ दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप