आईपीएल अक्सन : चेन्नईले चार करोडमा किन्यो सार्दुल ठाकुरलाई
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा भारतीय खेलाडी सार्दुल ठाकुरलाई चेन्नई सुपर किङ्सले खरिद गरेको छ । उनलाई चेन्नईले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
सार्दुल भारतीय टोलीका तीव्र गतिका बलर हुन् । टोलीलाई आवश्यकता पर्दा उनी आक्रामक ब्याटिङ पनि गर्छन् । अप्ठ्यारो स्थितिमा रहँदा उनले महत्त्वपूर्ण विकेट लिएर आफ्नो टोलीलाई जित दिलाएका पर्याप्त उदाहरण छन् ।
३२ वर्षीय सार्दुल तल्लोक्रममा ब्याटिङ गर्न आएर आक्रामक पाली खेल्दै टोलीलाई जित दिलाउने क्षमता पनि राख्छन् । सार्दुलले हालसम्म भारतका लागि २५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले ३३ विकेट लिइसकेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर चार विकेट हो । उनले भारतको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको खेल खेलिसकेका छन् ।
उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । सन् २०२२ को आईपीएलमा उनी दिल्लीमा आबद्ध भएका थिए । त्यतिबेला दिल्लीले उनका लागि १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । पछिल्लो सिजन भने उनले कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले एक सय १३ रन बनाउँदै ६ विकेट पनि लिएका थिए ।
सार्दुलले हालसम्म आईपीएलमा ८६ खेल खेल्दै ८९ विकेट लिएका छन् । उनले हालसम्म आईपीएलमा दुई सय ८६ रन पनि बनाएका छन् । यसपटक अक्सनमा उनी सुट–२ मा परेका थिए । उनको न्युनतम मुल्य दुई करोड भारतीय रुपैयाँ रहेको थियो । यसअघि उनले पञ्जाब, पुणे, चेन्नई, दिल्ली र कोलकाताबाट आईपीएल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण