सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल अक्सन : अफगानिस्तानका ओमरजाई गुजरात र इङ्ल्यान्डका वोक्स पञ्जाबमा

मङ्गलबार, ०३ पुस २०८०, १५ : ४०
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाई गुजरात टाइटन्सले खरिद गरेको छ । गुजरातले उनलाई ५० लाख भारतीय रुपैयाँमा किनेको हो । २३ वर्षीय अजमतुल्लाहको न्यूनतम मूल्य पनि ५० लाख भारतीय रुपैयाँ नै ताकिएको थियो ।

यसैगरी इङ्ल्यान्डका अलराउन्डर क्रिस वोक्सलाई पञ्जाब किङ्सले किनेको छ । उनलाई पञ्जाबले चार करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । ३४ वर्षीय वोक्सको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप