आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मेयरकप ब्याडमिन्टन : सुमित र सुरोजको जोडी दोस्रो चरणमा

मङ्गलबार, ०३ पुस २०८०, १७ : ५९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र त्रिभुवन आर्मी क्लबका सुरोज महर्जनको जोडी ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न उच्च २० वरीयता बाहेकका खेलाडीबिचको भिडन्तमा पुरुष युगलतर्फ सुमित र सुरोजको जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ अंकले पराजित ग¥यो ।

बालकुमारी रिमिक्स क्लबको सह–आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि सुनाकोठीका अनिलकुमार महर्जन र राजकृष्ण महर्जनको जोडीलाई २१–१२, १७–२१, २३–२१ अंकले पराजित गर्दै दोस्रो चरण पुग्यो ।

यसैगरी आर्मी क्लबका सुर्य महर्जन र सुप्रिम पन्थको जोडी सैबु ब्याडमिन्टन क्लबका मधुसुदन थापा र सैलेन्द्र थापाको जोडीलाई २१–७, २१–१३ अंकले, हेमरिकका मनिषवीर बज्राचार्य र निशेषराज शाक्यको जोडी बालकुमारीका क्यारोन महर्जन र रमन महर्जनको जोडीलाई २२–२०, १४–२१, २१–१९ अंकले, एपीएफ क्लबका प्रनिशसिंह ठकुरी र सुजन थापाको जोडी नमुना ब्याडमिन्टन क्लबका रामप्रसाद चौधरी र अशोककुमार खातीको जोडीलाई २१–१२, २१–१५ अंकले तथा ललितपुर वडा नम्बर ६ का गौतम शाक्य र संजय शाक्यको जोडी एपीएफ क्लबका प्रदिप सोती र आरुष सिमखडाको जोडीलाई २१–८, २१–१७ अंकले हराउँदै दोस्रो चरणमा पुगे ।

यसैगरी बालकुमारीका दिप्रिसमुनी बज्राचार्य र शान्ता डंगोलको जोडी कोन्तीका निरजन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१३, २१–१२ अंकले, एपीएफ क्लबका अमन महर्जन र अनिल मल्लको जोडी आर्मी क्लबका कविर केसी र लक्षम्ण रानाको जोडीलाई १५–२१, २२–२०, २१–९ अंकले, सैबु ब्याडमिन्टन क्लबका सनबहादुर राई र कमल तामाङको जोडी भैसेपाटीका बुद्धिमान बुढाथोकी र दिनेश ठकुरीको जोडीलाई तथा जोरपाटी ब्याडमिन्टन क्लबका लोक लामा र लक्ष्मण सुनुवारको जोडी हरिशिद्धीका साजन महर्जन र संजीप महर्जनको जोडीलाई २१–११, २१–९ अंकले पछि पार्दै दोस्रो चरणमा पुग्न सफल भए ।

यसैगरी चाकुपाटका सुमन शाक्य र जुवान तण्डुकारको जोडी ललितपुर वडा नम्बर ६ का रोजल शाक्य र सुमेध शाक्यको जोडीलाई २३–२१, २५–२३ अंकले, बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी कैलालीका संदेश पाण्डे र सुवास साउदको जोडीलाई २१–११, २१–१६ अंकले, चासीडोल ब्याडमिन्टन क्लबका राम लामा र साजन महर्जनको जोडी बँुगमतीका विनेश महर्जन र कवी तुलाधरको जोडीलाई २१–१९, १४–२१, २१–१२ अंकले तथा मानभवनका विभोर लामा र जय राईको जोडी सुनाकोठीका रविन्द्र महर्जन र राकेश महर्जनको जोडीलाई २१–१८, २१–१६ अंकले हराउँदै अगाडि बढेका छन् ।

यसैगरी सैबुका ओमकार गुरुङ र अजय थापा मगरको जोडी ललितपुर वडा नम्बर ६ का आर्यन शाक्य र संयक शाक्यको जोडीलाई २१–१९, २०–२२, २५–२३ अंकले तथा ललितपुरका पुजन चित्रकार र चितवनका अलिष थापाको जोडी बालकुमारीका सरोज महर्जन र सुरेन्द्र महर्जनको जोडीलाई २१–१३, २१–१२ अंकले पराजित गर्दै अगाडि बढे ।

यसैगरी कीर्तिपुरका निखिल भट्ट र आर्मी क्लबका सन्तोष पनेरुको जोडी बालकुमारीका श्याम महर्जन र दथु राईको जोडीलाई २१–११, २१–११, एपीएफ क्लबका जोसेफ अधिकारी र भोजबहादुर गुरुङको जोडी क्लब ७ का सुमन महर्जन र उज्वल शाक्यको जोडीलाई २१–११, २१–१३, एपीएफ क्लबका सोम्बर चौधरी र बिशाल प्रधानको जोडी हेमरिकका सिद्धार्थ महर्जन र राकेश शाक्यको जोडीलाई १८–२१, २१–१५, २१–१४ तथा चन्द्रागिरीका माधव ढकाल र प्रनिश ढकालको जोडी माउण्ट ओलिभ स्कुलका सुमन मावो लिम्बु र रिजन याम्फुको जोडीलाई २१–१८, २१–१७ अंकले हराउँदै दोस्रो चरणमा पुगे ।

यसैगरी जोरपाटी ब्याडमिन्टन क्लबका दिवश पाण्डे र युवराज तामाङको जोडी काठमाडौँका आयुश साम्ला र आयुश्मान श्रेष्ठको जोडीलाई २१–१७, २१–१७, देवीनगर सर्कलका हेमन्त ऐर र भविष थापाको जोडी फ्लेक्स फिटनेश सेन्टरका शेखर महत र सुशिल शाक्यको जोडीलाई २१–१७, २१–११, ललितपुरका प्रवचन शाक्य र रोहेन शाक्यको जोडी सैबुका अर्जुन शाही र  पुरुषोत्तम थापाको जोडीलाई २१–१८, २१–९ तथा बँुगमतीका प्रेमराज शाक्य र अरुण तुलाधरको जोडी बालकुमारीका साइनिङ बज्राचार्य र किरण महर्जनको जोडीलाई २१–१६, २१–१६ अंकले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।

त्यसअघि प्रतियोगिताको ललितपुर महानगरापालिकाका मेयर चिरी बाबु महर्जनले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका थिए । निर्णायकहरुको तर्फबाट रेफ्रि अनुपरत्न शाक्य र खेलाडीहरुको तर्फबाट रसिला महर्जनले प्रतियोगितालाई स्वक्ष र निस्पक्ष खेलाउने र खेल्ने शपथ लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप