अमेरिकी संसदमा दङ्गा प्रकरण : डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित
कोलोराडो । संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर निकालेको छ। अदालतले यो निर्णय ४–३ ले सुनाउँदै ट्रम्प चुनाव लड्न योग्य नभएको बताएको हो ।
अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।
मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ। यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ।
सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यत्तिकै यी निष्कर्षमा पुगेका छैनौँ। हामी हाम्रा अगाडि रहेका प्रश्नहरू र त्यसको नतिजा कत्तिको ठुलो हुने भन्ने बारेमा हामी सचेत छौँ।’
“यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यमा सचेत रहँदै, कुनै डर, पक्षपात बिना र हाम्रो निर्णयप्रति जनताको प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ,’ अदालतले भनेको छ ।
कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल (अमेरिकी संसद्) मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।
कोलोराडो सर्वोच्च अदालतको निर्णय कम्तिमा ४ जनवरी २०२४ सम्म लागू हुनेछैन । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण