अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुने सङ्ख्यामा वृद्धि
बुधबार, ०४ पुस २०८०, ०९ : ५४
सिड्नी । सन् २०२३ मा अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च भएको राष्ट्रको अस्ट्रेलियन अटोमोबाइल एसोसिएसनले जनाएको छ । एसोसिएसनद्वारा जारी गरिएको तथ्याङ्कअनुसार २०२३ मा अस्ट्रेलियाको सडकमा १ हजार २५३ जनाको मृत्यु भएको छ । जुन २०२२ को तुलनामा ६ प्रतिशतले बढेको हो ।
मार्च २०१८ को अन्त्यसम्म १२ महिनामा १ हजार २७० मानिस मारिएपछि यो १२ महिनाको अवधिमा अस्ट्रेलियामा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु भएको जनाइएको छ । अस्ट्रेलियाका दुई ठुला राज्यहरू न्यू साउथ वेल्स र भिक्टोरियामा क्रमशः २३.७ र १४.५ प्रतिशतले वृद्धि भएको छ । जबकि अन्य प्रत्येक राज्य र क्षेत्रमा सडक मृत्युमा कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण