दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएपछि तेस्रो खेल निर्णायक
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले भ्रमणकारी टोली भारतलाई आठ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएपछि शृंखलाको तेस्रो तथा अन्तिम खेल निर्णायक बन्न भएको छ ।
शृंखलाको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको थियो । शृंखलाको तेस्रो खेल बिहीबार खेलिने छ । दोस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ४६.२ ओभरमा अलआउट हुनुअघि दुई सय ११ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले ४२.३ ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १५ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । दक्षिण अफ्रिकाको जितमा ओपनर ब्याट्सम्यान टोनी डी जर्जीले अविजित एक सय १९ रनको योगदान गरे ।
जर्जीले एक सय २२ बलको सामना गरी ६ छक्का र नौवटा चौका पनि हिर्काए । जर्जी र रिजा हेनड्रिक्सले ओपनिङ विकेटका लागि एक सय ३० रनको साझेदारी गरे । ओपनर रिजाले पनि अर्धसतकीय पोली खेले । उनले ८१ बलमा सात चौकाको मद्दतले ५२ रन बनाए ।
तेस्रो नम्बरका ब्याट्सम्यान रासी भान डर डुसेनले टोलीको खातामा ३६ रन थपे । भारतीय टोलीका बलर अर्सदीप सिंह र रिन्कु सिंहले एक–एक विकेट लिए । त्यसअघि भारतलाई सामान्य स्कोरमा समेट्ने क्रममा दक्षिण अफ्रिकी बलर नान्द्रे बर्गरले तीन विकेट लिए । बेउरन हेनड्रिक्स र केशव महाराजले पनि दुई–दुई विकेट हात पारे ।
भारतीय टोलीका लागि ओपनर ब्याट्सम्यान साई सुदर्शन र कप्तान केएल राहुलले अर्धसतकीय पाली खेले । सुदर्शनले ६२ रन बनाए । उनले ८३ बलमा एक छक्का र सात चौका हिर्काए । राहुलले ५६ रन बटुले । उनले ६४ बलमा सात चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य सँख्यामा रन बनाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण