सचिवालय बैठक बोलाउने एमालेको तयारी
काठमाडौँ । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको जानकारी दिए ।
‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको छ । एक दुई दिनभित्रै सचिवालय बैठक बस्छ । त्यसपछि यात्राको विस्तृत रिपोर्ट सार्वजनिक गर्छौ’, गौतमको भनाइ छ ।
एमालेले मङ्सिर १४ देखि पुस १ सम्म बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ वटा जिल्लाको यात्रा गर्दै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।
यात्राका क्रममा एमाले नेतृत्वले मध्य पहाडका जनताका समस्या, गुनासा र सम्भावनाबारे अध्ययन गरेको बताएका छन् । सोही अध्ययन र रिपोर्टका आधारमा मध्य पहाडको विकास र त्यहाँका जनताका समस्या सम्बोधनका लागि गर्न सक्ने कामका साथै सम्भावनाबारे रिपोर्ट सार्वजनिक गर्ने एमाले नेताहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण