रवि लामिछानेले भने– सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन कछुवा ट्र्याक पो देखियो
काठमाडौँ । सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताएका हुन् ।
सांसद लामिछानेले भने, ‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ। अहिले सेनाले पेश गरेको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन चिप्ले किरा ट्र्याक वा कछुवा ट्याक भन्नुपर्छ।’
उनले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा समेत जोड दिए । लामिछानेले भने, ‘परामर्श खर्च एक अर्ब खर्च भएको रहेछ । खोकना उपत्यकाको प्राचीन सहर हो मास्नु हुँदैन भन्ने हो। अर्को विकल्प खोज्नि पाे हो कि।’
उनले सेनाको आफ्नै क्षमता २२ किलोमिटर सडक मात्रै खोल्ने देखिएको बताउँदै बाँकी अरु कम्पनीलाई दिएको पाइएको बताए ।
‘यसरी हेर्दा मूल ठेकेदार सेना र अन्य कम्पनी उपठेकेदार भएको देखियो’ उनले भने । उनले सेनाको रिपोर्ट हेर्दा ट्रान्सफर्मर जडानमा प्राधिकरणलाई १८ करोड तिरेको देखिएको तर महालेखाले यो खर्च सम्बन्धितलाई नै तिराउने भनेको बताए ।
सांसद लामिछानेले सेनाकोलाई विवादमा ल्याउन भने नहुने बताए । उनले सेनाको काम कारबाहीको छानबिनमा अन्य निकायको हात नहुने भएकोले बढी आर्थिक चलखेल भएको हुनसक्ने बताए ।
उनले भने– ‘तर आर्थिक चलखेल गर्न सजिलो हुन्छ भनेर यस्ता ठुला आयोजना सेनालै दिइएको हो ? सेनामा हुने अनियमितता सैनिक ऐनअनुसार हुने रहेछ। तर अख्तियार, सतर्कता केन्द्रले हेर्न नपाउने रहेछ। सेना आफैले भ्रष्टाचार छानबिन गर्ने भएपछि ठुला भ्रष्टाचारको ढाकछोप भएको हो कि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण