आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

बुधबार, ०४ पुस २०८०, १८ : २०
बुधबार, ०४ पुस २०८०

सोल । दक्षिण कोरियामा एक महिलाले आफ्नो मिल्ने साथीलाई धर्मपुत्री बनाएकी छिन् । 

आकस्मिक रुपमा अस्पताल भर्ना हुनु परेपछि हेरचाह गर्न कोही न कोही त चाहिने रहेछ भन्ने महसुस भएपछि महिलाले वयस्क साथीलाई कानुनी रुपमै धर्मपुत्री बनाएकी छिन् । यो खबर यतिबेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा हेडलाइन बनेर छाइरहेको छ ।

४४ वर्षीय एउन सेओ–र्यान अविवाहित हुन् । घरपरिवारमा विवाहका कारण आमाको दयनीय अवस्था देखेर एउनले कहिले बिहे नगर्ने र बालबच्चा नजन्माउने कशम खाएकी थिइन् । बिहे नै नगरेपनि घर परिवार त चाहियो । बिरामी भएको बेलामा साथमा कोही न कोही हुनुपर्‍यो । सन् २०१६ मा ग्रामीण जेओल्लामा बसाइ सरेपछि एउनले लि एओ–रेईलाई भेटिन् । यी दुवै शहरी जनजीवनबाट टाढा रहन र प्रकृतिको नजिक बस्न भनेर जेओल्ला गएका थिए । केही वर्षभित्रै यी दुवै मिल्ने साथी बने ।

एक्लो जीवनमा दुवै खुसी थिए । आफ्नो रुचीहरुलाई पूरा गर्दै जीवन बिताइरहेका थिए । सँगै बस्दा एक्ला एक्लै बस्दाको असुरक्षा पनि कम हुने भयो । सबै कुरा बाँडियो । दुबैसँग एकअर्कालाई हेर्न कोही न कोही हुने भयो । केही वर्षअघि एउन बिरामी परेर अस्पताल भर्ना हुनपर्‍यो । कोरियाली अस्पतालमा बिरामीसम्बन्धी गम्भीर खालको निर्णय घरपरिवारको सदस्यले मात्रै गर्न पाउँछन् ।  बिरामीलाई पनि घरपरिवारका सदस्यले मात्रै भेट्न पाउँछन् । सँगै बस्ने भएपनि लिले सेउनलाई हेर्न पाइनन् । यस्तोमा एक अर्कालाई हेरचाह गर्न के उपाय होला त भनेर दुबैले सोच्न थाले । शुरुमा दुबैले आफूहरु झुठो रोमान्टिक सम्बन्धमा रहेको देखाउने विचार गरे ।

तर दक्षिण कोरियाले समलिंगी विवाहलाई मान्यता दिँदैन । यो देखेर उनीहरुले एकले अर्कोलाई धर्मपुत्री बनाउने निर्णय गरे । दक्षिण कोरियामा वयस्कलाई धर्मपुत्र/पुत्री बनाउने नियम अति नै खुकुलो छ । धर्मपुत्री बनाउन एउनले लि आफूभन्दा कान्छो भएको देखाउनु पथ्र्यो । लि ३६ वर्षकी थिइन् । यसमा केही समस्या भएन । लिको आमाबाट अनुमति लिनु पथ्र्यो । कागज बनाउने काम सकिएपछि २४ घण्टामै एउनले लिलाई धर्मपुत्रीको रुपमा पाइन् । युवति आफ्नै मिल्ने साथीको आमा बनेको खबर अहिले संसारभर आगो झैँ फैलिरहेको छ । एउनले यसबारे आफूले साथीलाई धर्मपुत्री बनाए भन्दै संस्मरण समेत लेखेकी छिन् । यस्तो खालको घटना विरलै देख्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप