बुटवलका एक व्यवसायीविरुद्ध राजस्व छलीमा मुद्दा दायर
बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवलले बुटवल उपमहानगरपालिका–५, अमरपथमा सञ्चालित एउटा साडी पसल र त्यसका सञ्चालक राजेन्द्र प्रसाद ध्वजुविरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
राजस्व कार्यालय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपाइटर राजेन्द्र प्रसाद ध्वजुविरुद्ध ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ रुपैयाँ बिगो तथा त्यसको शत प्रतिशत जरिवाना माग गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।
गत वर्षको फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा उक्त पसल तथा गोदाममा छापा मारेर पसलको मालवस्तुको मौज्दात विवरण, खरिद बिक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा सञ्चालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिदभन्दा बिक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (प्रथम संशोधन) दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी शत प्रतिशत जरिवाना मागदाबी सहित कार्यालयले मुद्दा दायर गरेको छ ।
साडी सेन्टरका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु भने कार्यालयले छापा मारेदेखि नै राजस्वको सम्पर्कमा नआएको राजस्व कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण