शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि, पहिलो दिन चार खेल हुँदै

बिहीबार, ०५ पुस २०८०, ०८ : ४५
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ ।   प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२०  प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।  प्रतियोगिताको पहिलो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेस प्रदेश भिड्दै छन्।

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबिच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । 

प्रतियोगिता पहिलो पटक क्यानले राउन्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो । 

आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबिच ३१ डिसेम्बर अर्थात पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबिच इलिमिनेटर हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप