प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति जिम्मेवार पदमा बस्न मिल्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।
साथै उनले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्धेष फैलाउने मन्त्रीले पदमा कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ’, लामिछानेले सामाजिक सञ्जालमा बिहीबार भनेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’
लामिछानेले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनुपर्ने समेत बताएका छन् । मन्त्री किरातीले क्रिस्चियन धर्मको घृणा गर्नेलाई हतकडी लगाएर जेल कोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण