प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ क्लबले सजिलै हरायो सुदूरपश्चिम प्रदेशलाई
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १६.१ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । एपीएफको जितमा ओपनर ज्योति पाण्डेले अविजित ४९ रनको योगदान गरिन् । उनले ४८ बलको सामना गरी नौ चौका हिर्काएकी थिइन् ।
कप्तानको भूमिकामा रहेकी अर्की ओपनर सीता रानामगर चार रनमा आउट भएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दू वर्माले अविजित ३१ रन बनाइन् । उनले ४४ बलको सामना गरी चार चौका पनि हिर्काइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा चार रन पाएको थियो । सुदूरपश्चिम प्रदेशकी बलर इश्वरी बिष्टले एक विकेट लिइन् ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर ८७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कविताले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर सम्झना खड्काले टोलीको खातामा १२ रन थपिन् । उनले १४ बलमा एक चौका प्रहार गरिन् ।
कविता र सम्झना वाहेक अन्य ब्याट्रले भने दोहोरो संख्यामा रन बनाउन सकेनन् । ओपनर अनु कडायत नौ र रुवी पोद्दार तीन रनमै पेभेलियन फर्किएका थिए । विन्दू रावल पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् । कप्तान रितु कनौजिया सात र रेवती धामी चार रनमा आउट भएका थिए । सावित्री धामी पनि चार रनभन्दा अगाडि बढ्न सकिनन् । इश्वरी बिष्ट शून्य रनमै आउट भइन् भने लक्ष्मी साउदले अविजित ६ रन बनाइन् । मनिषा चौधरी एक रनमा अविजित रहिन् ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा १३ रन पाएको थियो । एपीएफ क्लबकी बलर सोनु खड्काले दुई विकेट हात पारिन् । सुमन बिष्ट, करुणा भण्डारी र इन्दू बर्माले पनि एक–एक विकेट लिए । यसपटक प्रधानमन्त्री कपमा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपीएफ क्लबको पनि सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण